विकास खर्च नबढ्दा अर्थतन्त्रमा मन्दी छायोः अध्यक्ष गोल्छा

हिमाल प्रेस २५ पुष २०७९ १२:२४
6
SHARES
विकास खर्च नबढ्दा अर्थतन्त्रमा मन्दी छायोः अध्यक्ष गोल्छा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले न्यून विकास खर्चले अर्थतन्त्रमा मन्दी छाएको बताएका छन्। ग्लोबल आइएमई र बैंक अफ काठमाडौँको एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष गोल्छाले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका हुन्। उनले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

‘तरलताको अभावमा व्यापारमा संकुचन छ, निजी क्षेत्रको मनोबल गिरेको छ,’ उनले भने, ‘यो अवस्थामा पार लाउन सरकारले खर्च बढाउनु आवश्यक छ।’ नयाँ सरकारले केही नीतिगत परिवर्तन गरेर निजी क्षेत्रलाई थोरै हौसला थपेको गोल्छाले बताए। उनले भने, ‘यति मात्रै अर्थतन्त्र चलायमान हुँदैन, सरकारले मौद्रिक नीतिमार्फत् जोखिम उठाउने हिम्मत गर्नुपर्छ।’

अध्यक्ष गोल्छाले लगानीमैत्री वातावरण नबनेसम्म देशमा समृद्धि सम्भव नरहेको पनि धारणा राखे।

प्रकाशित: २५ पुष २०७९ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =