सरकारमा सहभागी हुन जसपाका दुई सर्त

हिमाल प्रेस २१ पुष २०७९ १४:४७
60
SHARES
सरकारमा सहभागी हुन जसपाका दुई सर्त

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सामेल हुन दुई सर्त अघि सारेको छ। संवैधानिक पदमा आफूहरूलाई भागबण्डा गर्नुपर्ने माग जसपाले अघि सारेको हो।

सरकारको नीति तथा कार्यक्रममा जसपाको मूल सिद्धान्त र उद्देश्य देखिनुपर्ने पार्टीको अर्को सर्त छ। यी माग सम्बोधन भएमा सरकारमा सहभागी हुने पार्टी प्रवक्ता मनीष समुनले बताए।

उनले भने, ‘शक्ति सन्तुलनमा चित्त बुझ्यो भने हामी सरकारमा सामेल हुने हो। अन्यथा जसपा सरकारमा सामेल हुन न त आतुर छ, न त आवश्यक ठान्दछ।’

पार्टीले राष्ट्रपतिदेखि प्रदेशसभाको उपसभामुखसम्म दलहरूका बीचमा भागबण्डा हुन लागेको भन्दै तिनमा आफ्नो पनि हिस्सा खोजेको छ। प्रवक्ता सुमनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, उपसभामुखदेखि लिएर तल प्रदेशसभाका उपसभामुखसम्म थुप्रै राजनीतिक पदहरूको बाँडफाँट हुँदैछ।’

संघीयता, समावेशिता, अल्पसंख्यक समुदायको हित, नागरिकता समस्याको दीर्घकालीन समाधान, संविधान संशोधन, निर्वाचन प्रणालीमा व्यापक फेरबदल, शासकीय स्वरुपलगायतका विषय आफूहरूको बटम लाइन भएको र ती विषय न्यूनतम साझा कार्यक्रममा समावेश हुनुपर्ने प्रवक्ता सुमनले बताए।

उनले भने, ‘हामीले भनिसकेका छौँ, नीति तथा कार्यक्रम बनाउँदा संघीयता, गणतन्त्र, संविधान संशोधन, निर्वाचन प्रणाली, शासकिय स्वरुपका बारेमा तपाईंहरू प्रस्ट हुनुस्।’

सत्ता गठबन्धनको समीकरण देख्दा नीति तथा कार्यक्रम जसपा अनुकूल हुन्छ कि हुँदैन भनेर चासो राख्नु स्वाभाविकै रहेको सुमनले बताए। उनले वर्तमान सत्तारुढ गठबन्धनको समीकरण हेर्दा आफूहरूलाई गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको सम्बन्धमा सरकारको धारणाप्रति शंका उब्जिएको पनि बताए। पार्टीले सरकारलाई दिएको समर्थन भने जारी राख्ने भएको छ।

न्युज एजेन्सी नेपालको सहयोगमा

प्रकाशित: २१ पुष २०७९ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =