ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार सवारीसाधन कारबाहीमा

हिमाल प्रेस २१ पुष २०७९ ९:५५
4
SHARES
ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार सवारीसाधन कारबाहीमा सवारीसाधनको कागजपत्र जाँच गर्दै एक ट्राफिक प्रहरी।

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने झण्डै तीन हजार सवारीसाधनलाई बुधबार कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई हजार ९९२ सवारीसाधनलाई कारबाही गरिएको हो।

मापसेमा १५५, लेन अनुशासन पालना नगरेका ९०, रेडलाइटको पालना नगरेका ८७, निषेधित क्षेत्रमा हर्न बजाएका ९८, नम्बर प्लेटमा समस्या भएका ४२, लिडारगनमा १५२ र अन्यमा दुई हजार ३६८ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित: २१ पुष २०७९ ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =