हिमालयन, कुमारी र प्राइम बैंकलाई राष्ट्र बैंकको कारबाही

हिमाल प्रेस २२ साउन २०८० १६:४७
8
SHARES
हिमालयन, कुमारी र प्राइम बैंकलाई राष्ट्र बैंकको कारबाही

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ भने हिमालयन र कुमारी बैंकलाई नगद जरिबाना तिराएको हो।

निर्देशिका बमोजिम कर्जा नोक्सानी व्यवस्था नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र प्रिमियम दर बढाइ ब्याजदर असुल गरेको भन्दै प्राइम बैंकलाई राष्ट्र बैंकले सचेत गराएको छ।

हिमालयन बैंकले २०७९ कात्तिकमा कर्जा–निक्षेप अनुपात कायम नगरेको हुनाले १ करोड ३९ लाख ४७ हजार जरिबाना तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ। कुमारी बैंकलाई ५९ लाख ६३ हजार जरिबाना तोकिएको छ। कुमारीले २०७९ माघमा कर्जा–निक्षेप अनुपात कायम नगरेको राष्ट्र बैंकको भनाइ छ।

प्रकाशित: २२ साउन २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =