सरकारले विद्यार्थीको दिवा खाजा कार्यक्रम परिमार्जन गर्ने

हिमाल प्रेस १ जेठ २०८१ १७:१४
896
SHARES
सरकारले विद्यार्थीको दिवा खाजा कार्यक्रम परिमार्जन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- सरकारले सामुदायिक विद्यालयमा कक्षा ६ सम्म उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रम परिमार्जन गर्ने घोषणा गरेको छ।

सरकारले दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिने पनि बताएको छ।

सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

उनले भने, ‘स्थानीय उत्पादनको उपयोग हुने गरी आधारभूत तहका विद्यार्थीलाई पोषिलो, ताजा र गुणस्तरीय खाजा उपलब्ध गराउन दिवा खाजा कार्यक्रम परिमार्जन गरिनेछ।’

त्यसैगरी विपन्न लक्षित छात्रावृत्ति १२ कक्षासम्म विस्तार गर्ने पनि सरकारले बताएको छ।

प्रकाशित: १ जेठ २०८१ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 2 =