जसले यूट्युब हेररै बनाए स्वचालित घन

आरनलाई आधुनिकीकरण गर्ने विश्‍वकर्मालाई २० हजार पुरस्कार

हिमाल प्रेस २० पुष २०७९ १८:४४
16
SHARES
जसले यूट्युब हेररै बनाए स्वचालित घन

चितवन– फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ। लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आएका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो।

चितवनको कालिका नगरपालिका-४ स्थायी ठेगाना भई हाल आँबुखैरेनी गाउँपालिका-५ बस्ने विश्वकर्मालाई गाउँपालिकाले २० रूपैयाँ हजार नगदसहित सम्मान पत्र प्रदान गरेको हो। परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पुर्‍याएबापत विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।

फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रूपमा स्वचालित घन निर्माण गरेको विश्वकर्माले जानकारी दिए। फलाम गाल्न घन हान्न कम्तीमा २ जना मानिस चाहिने भएकाले स्वचालित घन बनाएको उनले जानकारी दिए। युट्युब हेरेर करिब ३० हजार रुपैयाँ लागतमा स्वचालित घन बनाएको विश्वकर्माको भनाइ छ।

विश्वकर्माका अनुसार खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिने र घनको चाललाई नियन्त्रण र बन्द खुट्टाबाटै गर्न सकिनेछ। आरन व्यवसाय सञ्चालन गरी विश्वकर्माले आम्दानी गर्दै आएका छन्।

प्रकाशित: २० पुष २०७९ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =