‘अटो यात्रा’ गर्दै ‘तिम्रो मेरो साथ’

हिमाल प्रेस २० पुष २०७९ १४:३५
14
SHARES
‘अटो यात्रा’ गर्दै ‘तिम्रो मेरो साथ’

काठमाडौँ- फिल्म ‘तिम्रो मेरो साथ’ को टोली अहिले प्रचारमा छ। त्यसका लागि टोली अहिले मोफसल भ्रमणमा छ। प्रमोसनका क्रममा टिमले विभिन्न तरिका अपनाइरहेको छ।

फिल्म प्रमोसनकै लागि टोलीले चितवनमा अटो यात्रा गर्ने भएको छ। चितवनस्थित लक्की मिडिया हाउसको आयोजनामा सो अटो यात्रा हुनेछ। पुस २७ मा चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर सोसमेत हुनेछ।

सो अवसरमा नेपाली फिल्म क्षेत्रको प्रवद्र्धनका लागि कलाकारको साथमा भरतपुर नगरभित्र अटो यात्रा गर्न लागेको आयोजकले जनाएको छ।

मोफसल भ्रमणका क्रममा फिल्म निर्माण टोलीले देशका मुख्य-मुख्य सहरमा प्रचारप्रसार गरिरहेका छन। पुस २९ मा प्रदर्शनमा आउने फिल्ममा साम्राज्ञीराज्यलक्ष्मी शाह र पुष्प खड्का मुख्य भूमिकामा छन्। प्रेमकथामा आधारित फिल्ममा साम्राज्ञी र पुष्पबाहेक सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल, दीपिशा केसीलगायत कलाकारको अभिनय छ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा बनेको फिल्म अमेरिकाका ३० वटा, क्यानडाका २७ वटा र अस्ट्रेलियाका १६ वटा सिनेमाहलमा प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =