मौसम अपडेट : तराईमा बाक्लो हुस्सु र उच्च पहाडमा हिमपात

हिमाल प्रेस २० पुष २०७९ ६:४०
2
SHARE
मौसम अपडेट : तराईमा बाक्लो हुस्सु र उच्च पहाडमा हिमपात सप्तरीको रुपनी गाउँपालिका-१ स्थानीयलाई जाडोबाट जोगाउन समुदायमा दाउरा वितरण गर्दै गाउँपालिका। तराई–मधेशमा शीतलहरका कारण अत्यधिक जाडो बढेको छ। तस्बिर : रासस

काठमाडौँ- तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु लाग्ने भएकाले सजगता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा भनिएको छ, ‘तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।’

यस्तै महाशाखाले प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

बुधबार देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको बुलेटिनमा उल्लेख छ।

यस्तो हुनेछ तीन दिनको मौसम

बुधबार

दिउँसो : गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिहीबार

दिउँसो : प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार

दिउँसो ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

राति : पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २० पुष २०७९ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =