अदालतको पत्र लिएर फर्किएका उपरथी प्रेम शाहीमाथि आर्थिक अनियमिततामा छानबिन

हिमाल प्रेस १९ पुष २०७९ १५:२३
अदालतको पत्र लिएर फर्किएका उपरथी प्रेम शाहीमाथि आर्थिक अनियमिततामा छानबिन

काठमाडौँ- सैनिक मुख्यालय जंगी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ।

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमितता भएको भन्ने उजुरीका आधारमा जंगा अड्डाले छानबिन गरिरहेको छ।

प्रवक्ता भण्डारीले भने, ‘विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पुर्‍याउन पर्ने भएकाले उहाँलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो।’

उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ।

पुस २० गतेदेखि अवकाशमा जान लागेका उपरथी शाहीले आफ्नो अवकाश हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिएका थिए। उनको मागअनुरूप अदालतबाट अन्तरिम आदेश भएको थियो।

प्रकाशित: १९ पुष २०७९ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =