नीति तथा कार्यक्रम : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने

हिमाल प्रेस १ जेठ २०८१ १६:१८
8
SHARES
नीति तथा कार्यक्रम : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- सरकारले पर्यटन वस्तुको विकास, बजारीकरण र सहज पहुँचको विस्तार गरी नेपाललाई प्रमुख र आकर्षक पर्यटन गन्तव्यको रूपमा विकास गर्ने जनाएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो जानकारी गराएका हुन्। राष्ट्रिय पर्यटकीय गन्तव्यहरूको प्रोफाइल तयारी गरी पर्यटकीय गन्तव्यहरूको विकास विस्तार सुधार गरिने राष्ट्रपति पौडेलले बताए।

पर्यटकीय गन्तव्यको सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी रोजगारी र अवसर सिर्जना हुनेगरी तीन वटै तहको सरकार र निजी क्षेत्रको समेत सहभागितामा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिने समेत पौडेलले बताए।

ग्रेट हिमालयन ट्रेल लगायतका पर्यटकीय पदमार्ग तथा पूर्वाधारहरूलाई विकास एवम् सुधार गरिने सरकारले जनाएको छ।

प्रकाशित: १ जेठ २०८१ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =