अवरुद्ध भयो राहदानी वितरण

हिमाल प्रेस १९ पुष २०७९ १६:१८
10
SHARES
अवरुद्ध भयो राहदानी वितरण

काठमाडौँ- राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ। सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ।

यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरूपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिए। आवेदकहरूले आफ्नोमा मोबाइलमा म्यासेज आएपछि मात्रै विभागमा आउन अनुरोध गरेको छ।

राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ। नियमित रूपमा राहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट बुक’ गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरिएको छ।

प्रकाशित: १९ पुष २०७९ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =