राहदानी वितरण अवरुद्ध

हिमाल प्रेस १९ पुष २०७९ १३:०१
4
SHARES
राहदानी वितरण अवरुद्ध

काठमाडौँ- राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ। सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ।

समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रुपमा नियमित हुन केही समय लाग्ने विभागकी निर्देशक द्रुपदा सापकोटाले जानकारी दिइन्। अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन विभागले आग्रह गरेको छ।

राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ। नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ।

प्रकाशित: १९ पुष २०७९ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =