माध्यमिक शिक्षकको विज्ञापन छिट्टै

हिमाल प्रेस १९ पुष २०७९ १४:१६
436
SHARES
माध्यमिक शिक्षकको विज्ञापन छिट्टै

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त दरबन्दीमा शिक्षक पदपूर्तिका लागि विज्ञापन गर्ने जनाएको छ। आयोगले कार्यतालिकाअनुसार नै माध्यमिक तहका लागि पुस मसान्तसम्म विज्ञापन आह्वान गर्ने जनाएको हो।

आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालले खुलातर्फ माध्यमिक तहको शिक्षक रिक्त दरबन्दी विवरण केन्द्रले पठाइसकेको र सोहीअनुसार विज्ञापन खुल्ने बताए। उनले भने, ‘केन्द्रले रिक्त दरबन्दीको विवरण पठाइसकेको छ। सोहीअनुसार विज्ञापन खुल्छ। गत वर्ष माग गरिएको दरबन्दीमा शिक्षक सिफारिस हुने क्रम जारी रहे पनि आयोगले माध्यमिक तहको विज्ञापन खोल्ने तयारी गरेको छ।’

उनले शिक्षक बढुवाको विवरण पनि शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको र सोहीअनुसार कार्यसम्पादन मूल्या‌ंकन गरिने बताए।

प्राथमिक तह प्रथम श्रेणीमा १३८ जना र द्वितीय श्रेणीमा ७५९ जना, निम्न माध्यमिक तह प्रथम श्रेणीमा २१ जना र द्वितीय श्रेणीमा १६७ जना, माध्यमिक तह प्रथम श्रेणीमा ३७ जना र द्वितीय श्रेणीमा १६६ जनाको बढुवाका लागि केन्द्रले आयोगलाई विवरण पठाएको छ।

प्रकाशित: १९ पुष २०७९ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =