प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

हिमाल प्रेस १८ पुष २०७९ १५:१५
18
SHARES
प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभा बैठक सुरु भएको दोस्रो दिनमा नै प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दै छ।

प्रधानमन्त्रीको कार्यालयले विश्वासको मत लिनेबारेको जानकारी संसद् सचिवालयलाई गराइसकेको संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्रीले २६ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न भनेर जानकारी गराइएको छ,’ उनले भने, ‘संसद्‌ सचिवालयले पनि सोहीअनुसार तयारी गरेको छ।’

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन कम्तिमा १३८ सांसदको समर्थन हुनुपर्नेमा प्रचण्डलाई त्योभन्दा बढी १६९ सांसदले समर्थन जनाएका छन्। राष्ट्रपतिले आह्वान गरेको समयसीमाभित्र १६९ सांसदले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर बुझाएका थिए।

प्रकाशित: १८ पुष २०७९ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fourteen =