प्रहरी हवल्दारले मातेर अश्लील गाली गरेपछि…

हिमाल प्रेस १८ पुष २०७९ १२:३७
26
SHARES
प्रहरी हवल्दारले मातेर अश्लील गाली गरेपछि…

जनकपुरधाम- धनुषामा एक प्रहरी हवल्दारले मदिराको मातमा गालीगलौज र तोडफोड गरेको भिडियो सार्वजनिक भएको छ।

जनकपुरधाम उपमहानगरपालिका भ्रमरपुरा चोकस्थित एक ग्यारेजमा प्रहरी हवल्दार विपिनकुमार साहले मदिरा पिएर गालीगलौज गर्नुका साथै ग्यारेजभित्र तोडफोड गरेको भिडियोमा स्पष्ट देख्न सकिन्छ।

प्रहरी हवल्दार साह जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दीमा छन्। तर उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा काजमा खटाइएको छ।

ग्यारेजमा मदिरा पिएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पडले हिर्काएको सो भिडियोमा समेत देखिएको छ।

यता हवल्दार साह आवेशमा आएर आफ्नो मुखबाट गाली निस्किएको स्वीकार गरेका छन्। भिडियोमा २ लाख ७ हजार रुपैयाँको कुनै विवाद समेत रहेको सुनिन्छ।

यद्यपि हवल्दार साहले त्यस्तो कुनै विषय नरहेको दाबी गरे। उनले सो ग्यारेजमा गत वर्ष वेल्डिङ गर्ने क्रममा एक गाडी जलेको र सोको क्षतिपूर्तिको विवाद मात्रै रहेको बताए।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले आफू विषयबारे जानकार रहेको र चाँडै नै यस विषयमा सत्यतथ्य बुझेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए।

प्रकाशित: १८ पुष २०७९ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =