पार्टीले चाँडै नै नीति अधिवेशन गर्नुपर्छ : डा. कोइराला

हिमाल प्रेस १७ पुष २०७९ १९:३८
56
SHARES
पार्टीले चाँडै नै नीति अधिवेशन गर्नुपर्छ : डा. कोइराला

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन्। आइतबार विपी विचार राष्ट्रिय समाज प्रदेश १ समितिद्वारा आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले यस्तो बताएका हुन्।

नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने उनको भनाइ छ। प्रजातन्त्रबिना नेपाली जनता बाँच्न नसक्ने हुनाले कांग्रेसले यसको संरक्षण गर्नुपर्ने नेता कोइराले स्पष्ट पारे।

भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न उनले आग्रह गरे।

पार्टी केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु आजको आवश्यकता भएको बताए। समाजका अध्यक्ष दीपक लोहनी, पूर्वमन्त्री शिव बस्नेत, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे र सुधीर अर्यालले निर्वाचनमा गठबन्धन किन गरियो र किन जोगाउन सकिएन भन्नेबारे जनतालाई प्रष्ट रूपमा जानकारी गराउन नेतृत्वसँग माग गरे।

प्रकाशित: १७ पुष २०७९ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =