लक्ष्मी बैंकको १ करोडको छात्रवृत्ति अक्षयकोष स्थापना

हिमाल प्रेस १७ पुष २०७९ १२:५९
4
SHARES
लक्ष्मी बैंकको १ करोडको छात्रवृत्ति अक्षयकोष स्थापना

काठमाडौँ– लक्ष्मी बैंकले काठमाडौँ विश्वविद्यालयमा १ करोड रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ। उक्त कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम छात्रवृत्तिमा खर्च गर्ने बैंकले जनाएको छ।

काठमाडौँ विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर तथा विद्यावारिधि अध्ययन गर्न चाहने छात्रालाई उक्त छात्रवृत्ति प्रदान गरिनेछ।

छात्रवृत्तिसम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्रा. डा. विपिन अधिकारीले हस्ताक्षर गरेका छन्। छात्रवृत्तिका लागि विद्यार्थीको छनोट काठमाडौँ विश्वविद्यालयले गर्नेछ।

प्रकाशित: १७ पुष २०७९ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =