लक्ष्मी र सनराइज् बैंक मर्जरको प्रारम्भिक सम्झौता

हिमाल प्रेस २६ पुष २०७९ १२:२३
4
SHARES
लक्ष्मी र सनराइज् बैंक मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौँ- लक्ष्मी बैंक र सनराइज् बैंकबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ।

सोमबार लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज् बैंकका अध्यक्ष मोतिलाल दुगडले मर्जरको सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतासँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि संयुक्त मर्जर समितिको गठन गरिएको छ। समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक डा. मनीष थापा र स्वति रुङ्गटा तथा सनराइज् बैंकका सञ्चालक शारदा शर्मा र दिपक नेपाल रहेका छन्।

नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रूपमा मर्जर प्रक्रिया सुरु हुनेछ। मर्जर प्रक्रिया चालु आर्थिक वर्षभित्र सकाउने दुवै बैंकको तयारी छ।

प्रकाशित: २६ पुष २०७९ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =