उत्तर कोरियाद्वारा छोटो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण

हिमाल प्रेस १७ पुष २०७९ ६:२०
12
SHARES
उत्तर कोरियाद्वारा छोटो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण सांकेतिक तस्बिर।

प्योङयाङ– प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तर कोरियाले छोटो दूरीका ३ वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो।

प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव बढेका बेला दक्षिणले पनि उत्तरतर्फ आफ्नै ड्रोन पठाएर जवाफ दिएपछि सोल र प्योङयाङको सम्बन्ध थप बिग्रिएको छ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले शनिबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणमा रहेको अन्तर्देशीय क्षेत्रबाट तीनवटा प्रक्षेपण भएको बताएका छन्। ती क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानबीचको पानीमा अवतरण गर्नुअघि करिब ३५० किलोमिटर पुगेका बताइएको छ। परिक्षण गरिएका क्षेप्यास्त्र दक्षिणकोरियामा प्रहार गर्नसक्ने क्षमताका हुन्।

संयुक्त चिफ अफ स्टाफले प्रक्षेपणलाई ‘गम्भीर उत्तेजना’ भन्दै त्यसले अन्तर्राष्ट्रिय शान्तिलाई कमजोर बनाउने बताएका छन्। उलने उत्तर कोरियाको कुनै पनि उक्साहटलाई रोक्न दक्षिणकोरिया तयार रहेको बताएको छन्।

युएस इन्डो-प्यासिफिक कमान्डले प्रक्षेपणलाई उत्तरकोरियाको गैरकानूनी हतियार कार्यक्रमको अस्थिर प्रभाव भनेको छ। दक्षिणकोरिया र जापानको रक्षाको लागि अमेरिकी प्रतिबद्धता अटल रहेको कमान्डले स्पष्ट गरेको छ।

प्रकाशित: १७ पुष २०७९ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =