माग सम्बोधन नभए सरकारलाई चाबी बुझाउँछौं : केबल टेलिभिजन व्यवसायी

हिमाल प्रेस ९ माघ २०७९ २०:४४ | Monday, January 23, 2023
माग सम्बोधन नभए सरकारलाई चाबी बुझाउँछौं : केबल टेलिभिजन व्यवसायी

काठमाडौँ– केबल टेलिभिजन व्यवसायीहरूले आफूहरूको माग पूरा नभए सरकारलाई व्यवसायको तालाचाबी बुझाउने चेतावनी दिएका छन्।

सोमबार काठमाडौँमा बसेको नेपालभरका सम्पूर्ण केबल व्यवसायीहरूको बैठकले यस्तो चेतावनी दिएको हो। उनीहरूले विद्युतीय पोल प्रयोग तथा सो को भाडा भुक्तानी एवम् उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गरी केवल व्यवसायीको हकमा साविक ०७५ श्रावण पोल भाडादर कायम गरिनुपर्ने माग गरेका छन्।

यस्तै बैठकले हाल पोल भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानहरूमा केबल व्यवसायीको केबलको तार काट्ने, केबल उपकरण जफत गर्ने, विद्युत आपूर्ति बन्द गर्ने जस्ता नेपाल विद्युत प्राधिकरणबाट भइरहेको गैरकानुनी कार्य तत्काल रोक लगाउन पनि माग गरेको छ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले केबल व्यवसायीहरूमा नै एकरूपता हुन नसक्दा समस्याहरू झेलिरहनुपरेको बताए।

प्रकाशित: ९ माघ २०७९ २०:४४ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast