ताइवान र बर्माका विषयमा समाचार लेख्‍न पूर्वराष्ट्रपतिको सुझाव

हिमाल प्रेस २ पुष २०७९ १९:२०
4
SHARES
ताइवान र बर्माका विषयमा समाचार लेख्‍न पूर्वराष्ट्रपतिको सुझाव

काठमाडौँ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली पत्रकारितालाई संकुचित बनाउने दुष्प्रयास भइरहेको बताएका छन्। शनिबार नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘जहाँ स्वतन्त्र पत्रकारिता हुन्छ, त्यहाँ अभिव्यक्ति स्वतन्त्रता रहन्छ। पछिल्लो समय नेपालमा पत्रकारिता स्वतन्त्रता विस्तारै संकुचनमा गइरहेको छ,’ उनले भने। विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारहरू चनाखो हुनुपर्ने पनि उनले उनले उल्लेख गरे।

‘ताइवानमा ३ लाख नेपाली छन्। त्यहाँको आन्दोलनमा के भइरहेको छ? यता बर्मामा भइरहेको आन्दोलनमा पनि नेपाली पत्रकार र पत्रकारका संघ-संगठनले केही बोल्ने हो कि ?,’ उनले पत्रकारलाई सुझाव दिँदै भने।

कार्यक्रममा महासंघ अध्यक्ष विपुल पोखरेलले यस वार्षिक साधारणसभामार्फत श्रम र सम्पादकीय स्वतन्त्रका विषयमा गहन छलफल हुनुपर्ने बताए। ‘पत्रकारिताभित्र श्रमको उचित मूल्यांकन हुनसकेको छैन। सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने विषयमा समीक्षा जरुरी छ,’ पोखरेलले भने।

कार्यक्रममा प्रदेश परिषद् सदस्यमा मनोनित भएका कान्तिपुर दैनिकका अतुल मिश्र, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, ग्लोबल टेलिभिजनका प्रकाश गिरी, नागरिक दैनिककी पवित्रा सुनार, नेपाल टेलिभिजनका टंक उप्रेती, रातोपाटी डटकमका रोहित दाहालऽ नेपाल समाचारपत्रका दीपक रिजाल र कारोबार दैनिकका बालकृष्ण ज्ञवालीलाई प्रमाण पत्र प्रदान गरिएको छ भने पाँचवटा प्रतिष्ठान शाखालाई सम्मान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =