स्ववियु निर्वाचन घोषणा नगरे आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

हिमाल प्रेस २७ मंसिर २०७९ १५:४६
220
SHARES
स्ववियु निर्वाचन घोषणा नगरे आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालसहितको टोलीले मंगलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो।

अनेरास्वियुले फागुन १४ मा स्ववियु निर्वाचन सम्पन्न गर्ने गरी तत्काल निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिविलाई आग्रह गरेको छ।

अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरी शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन गराउन त्रिवि उपकुलपति बाँस्कोटालाई ध्यानाकर्षण गराएको छ।

तत्काल निर्वाचनको मिति घोषणा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अनेरास्ववियुले जनाएको छ। अनेरास्ववियुले समयमै स्ववियु निर्वाचन नहुँदा क्याम्पसमा स्ववियु नभएको र यसको फाइदा शैक्षिक माफियाहरूले लिने गरेकाले निर्वाचन तत्काल गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ।

कुनै पनि बहानामा स्ववियु चुनाव नगराउने छुट त्रिविलाई नभएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: २७ मंसिर २०७९ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =