शिक्षामन्त्री पौडेल भारत भ्रमणमा जाँदै, प्रधानमन्त्री देउवासँग गरे छलफल

हिमाल प्रेस २७ मंसिर २०७९ १३:३८
4
SHARES
शिक्षामन्त्री पौडेल भारत भ्रमणमा जाँदै, प्रधानमन्त्री देउवासँग गरे छलफल

काठमाडौँ- प्रधानमन्त्री शेरवहादुर देउवा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलबीच गठबन्धनको सरकार निर्माण गर्ने र भारत भ्रमणमा जाने विषयमा छलफल भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि गएका शिक्षामन्त्री पौडेलले समसामयिक राजनीतिक विषयबस्तुमा छलफल हुनुका साथै इन्डियन इनिस्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)को निमन्त्रणामा भारत भ्रमणमा जाने विषयमा छलफल भएको बताए।

उनले भने,‘प्रधानमन्त्रीज्यूसँग शैक्षिक र वर्तमान राजनीतिक विषयमा छलफल भएको छ। गठबन्धनदल भित्रबाटै सरकारको नेतृत्व हुँन्छ। आईईटीसँग सम्झौतका लागि भारतभ्रमणमा जाने विषयमा कुराकानी भएको छ।’

प्राविधिक शिक्षा सुधार गर्ने विषयमा यस अघि भारतसरकासँग भएको सम्झौता कार्यान्वयनको विषयमा प्रधानमन्त्री देउवासँग मन्त्री पौडेलले छलफल गरेका हुन्।

प्रकाशित: २७ मंसिर २०७९ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + ten =