यस्ताे छ आजकाे माैसम

हिमाल प्रेस २७ मंसिर २०७९ ६:२४
2
SHARE
यस्ताे छ आजकाे माैसम

काठमाडौँ- देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्‍न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ।

प्रकाशित: २७ मंसिर २०७९ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =