जाजरकोटमा बिरामी बोकेर गएको जिप दुर्घटना, मृत्यु हुनेको संख्या ११ पुग्यो

रमा केसी २६ मंसिर २०७९ १९:२१
6
SHARES
जाजरकोटमा बिरामी बोकेर गएको जिप दुर्घटना, मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत- जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। सोमबार दिउँसो ४:३० बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जिप दुर्घटना भएको हो।

चालक मानबहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जिप भिरबाटी भन्ने स्थानमा अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ।

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका– २ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई गाउँपालिका दैलेख अम्मर बहादुर खड्का, भगवतीमाई –३ दैलेखका सुरेन्द्र केसी, छेडागाड नगरपालिका–६ जाजरकोटका वीर बहादुर खत्री, छेडागाड ५ जाजरकोट जयकुमार बुढा, छेडागाड ५ जाजरकोट नैसरा अधिकारी, छेडागाड ६ जाजरकोटका राम बहादुर बुढा, छेडागाड ५ जाजरकोटका दीपक अधिकारी, छेडागाड ५ जाजरकोटका देवीसरा बुढा, छेडागाड ५ जाजरकोटका अम्मरबहादुर अधिकारी र छेडागाड जाजरकोट निशा अधिकारी रहेको प्रहरीले जनाएको छ।

घाइते भएका छेडागाड–२ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०७९ १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =