राजनीतिक समूहका मुद्दा फिर्तासम्बन्धी अध्यादेश

रञ्जिताले भनिन् : रेशमजीलाई छुटाउन अध्यादेश आउने भयो, अब सरकारमा हुन्छौँ

हिमाल प्रेस २५ मंसिर २०७९ २०:१०
118
SHARES
रञ्जिताले भनिन् : रेशमजीलाई छुटाउन अध्यादेश आउने भयो,  अब सरकारमा हुन्छौँ फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई जेलमुक्त गराउन सरकारले अध्यादेश ल्याएर कानुन संशोधन गर्न लागेकोप्रति उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले खुसी व्यक्त गरेकी छन्।

०७२ सालमा टीकापुर घटना हुँदा सात वर्षीय बालकसहित एक प्रहरी अधिकृतको मृत्यु भएको थियो। साथै उक्त घटनाले मुलुकमा जातीय हिंसा भड्काएको ठहर गर्दै सरकारले चौधरीमाथि फौजदारी मुद्दा चलाई दोषी ठहर गरेको थियो। उनी अहिले डिल्ली बजार कारागारमा छन्। आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई माफी दिन कानुन नै संसोधन गर्ने निर्णय गरेको हो।

‘रेशमजीलाई आम माफी दिन सरकारले अध्यादेश ल्याएको खबर पाएँ,’ चौधरीकी श्रीमतीसमेत रहेकी रञ्जिताले हिमालप्रेससँग भनिन्, ‘सरकारमा भएका नेताहरूले रेशमजीसँग जेलमा नै गएर धेरै कुरा गर्नु भएको थियो। कुराहरू सकरात्मक भएको थियो अहिले त्यसकै परिणामअनुसार भएको होला।’

उनले अब आफ्नो पार्टी सरकारमा जाने बारे बाटो खुला भएको पनि बताइन्। चौधरीलाई रिहा गरेमात्रै सरकारमा जाने निर्णय यस पार्टीले गरिसकेको छ। ‘अहिले नै सरकारमा जाने हो भनेर निर्णय त भएको छैन,’ उनले भनिन्, ‘तर रेशमजी रिहा भएपछि हामी सरकारमा जान्छौँ।’

प्रकाशित: २५ मंसिर २०७९ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =