फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोसँग भिड्ने

हिमाल प्रेस २५ मंसिर २०७९ ६:५९
10
SHARES
फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोसँग भिड्ने

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इंगल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ।

कतारको अल वयात रंगशालामा राति भएको खेलमा फ्रान्सले इंगल्याण्डलाई २(१ गोल अन्तरले पराजित गर्‍यो।

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ५४औँ मिनेटमा इंगल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो।

फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ। यस्तै सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: २५ मंसिर २०७९ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =