जनकपुरधाममा रोकिएको कित्ताकाट सुरू हुने

हिमाल प्रेस २३ मंसिर २०७९ १६:२८
4
SHARES
जनकपुरधाममा रोकिएको कित्ताकाट सुरू हुने

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा रोकिएको कित्ताकाट अर्को सातादेखि खुला हुने भएको छ।

उपमहानगरपालिकाले जग्गाको वर्गीकरणसहितको निर्णय नापी, मालपोत तथा सम्बन्धित मन्त्रालयमा चिठी दर्ता गरिने जनकपुरधाम उपमहानगर प्रमुख मनोजकुमार साहले जानकारी दिएका छन्। चिठीसहितको पत्र दर्ता भएपछि आइतबार वा सोमबारबाट कित्ताकाठ सुरू हुने साहले जानकारी दिए।

कुल २५ वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको जग्गाको वर्गीकरण वडा तहबाट विज्ञको सल्लाहअनुसार वर्गीकरण भएर आएपछि उपमहानगरपालिकाले खुल्ला गर्ने निर्णय गरेको हो। जग्गाको कित्ताकाट रोकिएका कारण सर्वसाधारणहरू समस्यामा परेका थिए।

उपमहानगरपालिकाले गैरकृषि तथा कृषि गरी दुई वर्गमा जग्गाको वर्गीकरण गरेको उपमहानगरपालिका प्रमुख साहले बताए। जनकपुरधामको वडा नं १ देखि १४ सम्मको जग्गालाई गैरकृषि क्षेत्रमा राखिएको छ। वडा नं १२ को केही जग्गाहरूलाई कृषि क्षेत्रमा राख्ने निर्णय गरिएको छ।

यसैगरी ८ धुरभन्दा कम जग्गाको कित्ताकाट नहुने यसअघिको निर्णय यथावत् रहेको जानकारीसमेत उपमहानगरपालिकाले दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाको वडा नं १५ देखि २५ सम्मको जग्गालाई कृषि क्षेत्रको जग्गाको रूपमा वर्गीकरण गरिएको छ।

कृषि क्षेत्रमा २ कठ्ठाभन्दा कममा जग्गाको कित्ताकाट नहुने उपमहानगरपालिकाले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७९ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =