एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित

हिमाल प्रेस २३ मंसिर २०७९ १२:१३
2
SHARE
एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित

काठमाडौँ- नेकपा एमालेको सचिवालयको आज बस्ने गरी तय भएको बैठक स्थगित भएको छ। चुनावी समीक्षा र समानुपातिक सांसद छनोट गर्न बस्न लागेको बैठक स्थगित भएको हो।

अर्को बैठक कहिले बस्ने बारेमा खुलाइएको छैन। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बैठक स्थगित भएको जानकारी दिएका हुन्। महासचिव नेतृत्वको कार्यालय बैठकले एजेन्डा तय गरेर आजका लागि सचिवालय बैठक तोकिएको थियो।

एमालेले प्रतिनिधिसभातर्फ ३४ जना सांसद चुन्नु पर्ने छ। यसैका लागि बैठक बस्न लागेको थियो।

प्रकाशित: २३ मंसिर २०७९ १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =