पश्चिम सेती भरपर्दो कम्पनीले पायो, अब पञ्चेश्वर पनि सुरु हुन्छ : प्रधानमन्त्री देउवा

हिमाल प्रेस २२ मंसिर २०७९ १७:१९
62
SHARES
पश्चिम सेती भरपर्दो कम्पनीले पायो, अब पञ्चेश्वर पनि सुरु हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा आयोजिन सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पश्चिम सेती जलविद्युत आयोजना र पञ्चेश्वर परियोजनाको काम छिटै सुरु हुने बताएका छन्। उनले पश्चिम सेती बनाउन भारतको भरपर्दो कम्पनीले जिम्मा पाएको र पञ्चेश्वरको काम पनि अब अघि बढ्ने बताएका हुन्।

‘पश्चिम सेती बनाउन भरपर्दो भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ। कम्पनीले अब काम पनि सुरु गर्छ,’ देउवाले भने, ‘सुदूरपश्चिमको विकास हुने गरी पश्चिम सेती र पञ्चेश्वर दुवै परियोजना बन्नेछन्।’ पश्चिम सेती निर्माणको जिम्मा भारतको एनएचटीसी कम्पनीले पाएको छ। देउवाले यी दुई परियोजना सम्पन्न भएपछि सुदूरपश्चिमको मात्रै नभई देशकै विकासमा ठूलो टेवा पुग्ने पनि बताए।

त्यस्तै देउवाले गौरीफन्टा नाका व्यवस्थापन र सुरक्षाका विषयमा भारत सरकारसँग फेरि पनि कुरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २२ मंसिर २०७९ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =