समानुपातिक सांसदको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

हिमाल प्रेस २२ मंसिर २०७९ १३:३५
4
SHARES
समानुपातिक सांसदको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरूलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो। एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन्।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको उपमहासचिवसमेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

प्रकाशित: २२ मंसिर २०७९ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =