समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्न उधौलीले प्रेरणा मिलोस् : राष्ट्रपति

हिमाल प्रेस २२ मंसिर २०७९ ६:५८
4
SHARES
समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्न उधौलीले प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन्।

उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको बताएकी हुन्।

उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसपर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

 

प्रकाशित: २२ मंसिर २०७९ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =