‘ह्यारी एन्ड मेगन’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २१ मंसिर २०७९ १४:४०
12
SHARES

काठमाडौँ- नेटफ्लिक्सले डकुमेन्ट्री सिरिज ‘ह्यारी एन्ड मेगन’ को ट्रेलर सार्वजनिक गरेको छ।

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मार्कलबारे बनेको डकुमेन्ट्री सिरिजको ट्रेलरमा शाही परिवारसँग हुँदा उनीहरूले भोग्नु परेका समस्याबारे छलफल गरिरहेको देखाइएको छ।

ट्रेलर १ मिनेट १६ सेकेन्डको रहेको छ। जसमा ह्यारी परिवारको पदानुक्रमबारे बोलिरहेको छन्। उनी ‘यो फोहोरी खेल हो’ भनिरहेका छन्।

सिरिज भोलि अर्थात् डिसेम्बर ८ मा आउनेछ। पहिलो भागमा एकदेखि तीन एपिसोड समावेश हुनेछन्। चारदेखि छ एपिसोड भएको दोस्रो भाग डिसेम्बर १५ मा आउनेछ।

डकुमेन्ट्री सिरिजमा ह्यारी र मेगनले आफ्नो प्रेमकथादेखि विवाह, बिहेपछि शाही परिवारमा महसुस गरेका चुनौताी साझा गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =