एमालेको सचिवालय बैठकका लागि एजेन्डा तय गरिँदै

हिमाल प्रेस २१ मंसिर २०७९ १०:२४
6
SHARES
एमालेको सचिवालय बैठकका लागि एजेन्डा तय गरिँदै

काठमाडौँ- महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ। केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छन्।

एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन्। कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ। मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो। निर्वाचन आयोगले अन्तिम परिमाण घोषणा गरेसँगै सचिवालय बैठक बस्‍ने जनाइएको छ।

 

प्रकाशित: २१ मंसिर २०७९ १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =