बधाई दिन गएका शशांकलाई देउवाले भने : संसदीय दलको नेतामा मलाई सहयोग गर्नुस्

हिमाल प्रेस २० मंसिर २०७९ १३:१६
812
SHARES
बधाई दिन गएका शशांकलाई देउवाले भने : संसदीय दलको नेतामा मलाई सहयोग गर्नुस्

काठमाडौँ- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन जितेर काठमाडौँ आएका नेता डा.शशांक कोइरालासँग सहयोग मागेका छन्। आज मंगलबार देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका कोइरालालाई देउवाले चुनाव जितेकोमा बधाई दिँदै संसदीय दलको नेता बन्नका लागि आफूलाई सहयोग गर्न भनेका हुन्।

‘उहाँ (कोइराला) शेरबहादुर देउवालाई बधाई दिन जानु भएको हो,’दुई नेताको भेटमासँगै रहेका कोइरालाका सहयोगी भरत तिवारीले भने, ‘बधाईसँगै संसदीय दलको नेताको लागि शुभकामना पनि दिनुपर्‍यो भनेर तपाईंको सहयोग चाहिन्छ मलाई भनेर शेरबहादुर देउवाले भन्नुभयो।’
जवाफमा कोइरालाले छलफल गरौँला भन्ने जवाफ दिएको तिवारीको भनाइ छ।

शेरबहादुर देउवा आफैँ संसदीय दलको नेता चुनियएर फेरि सरकारको नेतृत्व गर्ने दाउमा छन्। उता कोइराला पनि आफू संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने बताउँदै आएका छन्।

कांग्रेसमा संसदीय दलको नेताकै रुपमा अर्का नेतामा चुनाव लड्ने भनेर गगनकुमार थापाले पनि भनिरहेका छन्। चुनावपछि कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ। कांग्रेसको विधानले संसदीय दलको नेता बनेको व्यक्तिमात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेको छ।

त्यसैले पनि कांग्रेसभित्र संसदीय दलको नेता को बन्ने भन्ने विषय पेचिलो बनिरहेको छ। कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि भेटेर बधाई साटासाट गरेका छन्।


प्रतिक्रिया

One thought on “बधाई दिन गएका शशांकलाई देउवाले भने : संसदीय दलको नेतामा मलाई सहयोग गर्नुस्

  1. काेईरालाजी, हामीले तपाईंलाई राष्ट्रलाई समुन्नत बनाउने स्पष्ट खाका बनाएका, काँग्रेसका महामन्त्री गगनलाई संसदीय दलकाे चुनाव मत दिनुहोला भनेर भाेट दिएका हौ। हाम्रो मतकाे कदर गर्नुहाेला नत्र नवलपुरे जनताले दूतकार्नेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =