इस्तानबुलमा बस र ट्राम ठोक्किँदा १९ जना घाइते

हिमाल प्रेस २० मंसिर २०७९ ६:१०
इस्तानबुलमा बस र ट्राम ठोक्किँदा १९ जना घाइते सांकेतिक तस्बिर।

काठमाडौँ– टर्कीको राजधानी इस्तानबुलमा सोमबार बिहान भीडभाडको समयमा सार्वजनिक यातायातको बस र ट्राम ठोक्किँदा कम्तीमा १९ जना घाइते भएका छन्।

डेमिरोरेन समाचार एजेन्सीका अनुसार उक्त बस सहरको युरोपेली भागमा रहेको इयुपसुल्तान जिल्लास्थित रेलवे मार्ग पार गर्ने क्रममा दुर्घटना भएको हो। घटनास्थलमा एम्बुलेन्स र अग्निनियन्त्रकहरू उद्दारका निम्ति पुगेका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

यात्रुले भरिएका बस र ट्राम आपसमा ठोक्किएका हुन्। दुर्घटनाले बसमा ठूलो क्षति पुर्‍याएको छ भने सो समयमा सडकमा गुडिरहेको एउटा अर्को गाडीमा समेत क्षति पुगेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ।

प्रकाशित: २० मंसिर २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =