शीर्ष नेताको निष्कर्ष : निर्वाचनमा गठबन्धनभित्र केही असहयोग देखियो (पत्रसहित)

हिमाल प्रेस १९ मंसिर २०७९ १८:१८
92
SHARES
शीर्ष नेताको निष्कर्ष : निर्वाचनमा गठबन्धनभित्र केही असहयोग देखियो (पत्रसहित) बालुवाटारमा बसेको गठबन्धन दलको बैठक। फाइल तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- सत्ता गठबन्धन दलका शीर्ष नेताले मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनभित्रै केही असहयोगका घटना भएको निष्कर्ष निकालेको छ। निर्वाचनपछि पहिलोपटक सोमबार बसेको बैठकमा निर्वाचनको समीक्षा गर्दै नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो।

बैठकपछि गठबन्धनका शीर्ष नेताहरूले साझा विज्ञप्ति पनि जारी गरेका छन्। विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गरेका छन्।

‘निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असयोग र असमझदारीका घटना देखिए निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ’ नेताहरूले जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार गठनको विषयमा पनि छलफल भएको जानकारी दिए। गठबन्धनलाई सरकार बनाउन पर्याप्त सिट पुगेन नि भन्ने प्रश्नमा उनले भने, ‘यसमा अन्यदलसँग सहकार्य गरिनेछ। नेताहरूबीच फेरि पनि छलफल हुनेछ।’

 

प्रकाशित: १९ मंसिर २०७९ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =