बालुवाटारमा गठबन्धन बैठक सुरु, नयाँ सरकार गठनबारे छलफल

हिमाल प्रेस १९ मंसिर २०७९ १५:५९
306
SHARES
बालुवाटारमा गठबन्धन बैठक सुरु, नयाँ सरकार गठनबारे छलफल बालुवाटारमा बसेको गठबन्धन दलको बैठक। फाइल तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ। आम निर्वाचनपछि पाँच दलीय सत्ता गठबन्धनको बैठक पहिलोपटक बसेको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो।

बैठकमा कांग्रेससभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,  एकीकृत समाजवादीका बेदुराम भुसाल, कांग्रेस नेता कृष्ण सिटौलालगायत सहभागी छन्। बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल जारी छ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको भए पनि नेताहरू आउन ढिला भएपछि ३:४५ बजेमात्रै सुरु भएको थियो। सरकार गठनका साथै सरकारमा शक्ति बाँडफाँटका विषयमा छलफल हुनेछ प्रतिनिधसभा तर्फ गठबन्धन झण्डै बहुमत नजिक छ। पूर्वसहमति अनुसार गठबन्धनकै सरकारलाई निरन्तरता दिने कांग्रेसले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७९ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =