सुजाता र समीरको ‘पिलिनमा’ आँचल शर्मा

हिमाल प्रेस १९ मंसिर २०७९ १६:०२
4
SHARES

काठमाडौँ- अभिनेत्री आँचल शर्माको अभिनय रहेको गीत ‘पिलिनमा’ सार्वजनिक भएको छ। म्युुजिक भिडियोमा उनीसँग मञ्जिल बस्नेतलाई देख्न सकिन्छ।

गीतमा समीर आचार्य र सुजाता पाण्डेको स्वर रहेको छ। कपिल भट्टको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ।

रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन्।

गीत एट के एभरेस्ट मोसन पिक्चर्सको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

यसअघि आँचल ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिंगेदाउ’मा देखिएकी थिइन्। फिल्ममा उनीसँगै अभिनेत्री केकी अधिकारी, अभिनेता मुकुन भुसाल र कुशल विष्ट मुख्य भूमिकामा रहेका थिए।

प्रकाशित: १९ मंसिर २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =