गायक भक्तराज आचार्य सम्मानित

हिमाल प्रेस १९ मंसिर २०७९ ११:०९
22
SHARES
गायक भक्तराज आचार्य सम्मानित

काठमाडौँ- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य ‘संगीत प्रवीण नरराज ढकाल पुरस्कार २०७९’ बाट सम्मानित भएका छन्।

नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याएबापत आचार्यले सो पुरस्कार पाएका हुन्।

संगीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानले उनलाई सम्मान गर्दै सम्मानपत्रसहित २० हजार रुपैयाँ नगद पुरस्कार दिएको छ।

गायक आचार्यले लगभग चार सय गीत, गजल, भजन, राष्ट्रिय गीतमा स्वर तथा संगीत दिएका छन्। ‘जति चोट दिन्छौ’, ‘हजार सपनाहरूको’, ‘मुटु जलिरहेछ’लगायत आचार्यका प्रसिद्ध गीत हुन्।

२०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो। उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो। त्यसयता उनले गाउन सकेनन्।

प्रकाशित: १९ मंसिर २०७९ ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =