चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक सोमबार बस्ने, यस्ता छन् एजेन्डा

हिमाल प्रेस १८ मंसिर २०७९ १८:३१
444
SHARES
चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक सोमबार बस्ने, यस्ता छन् एजेन्डा

काठमाडौँ-  सोमबार सत्ता गठबन्धनको बैठक तय भएको छ।  आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने छ। माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए।

गगठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डालगायतका विषयमा छलफल सुरु हुने बताइएको छ। मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ। बैठकको मुख्य एजेण्डा–सरकार गठन र पावर सेयरिङ मुख्य एजेन्डा छ।

प्रकाशित: १८ मंसिर २०७९ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =