चर्चामा अनमोलको ‘छड्के २’

हिमाल प्रेस १८ मंसिर २०७९ १५:३१
12
SHARES
चर्चामा अनमोलको ‘छड्के २’

काठमाडौँ- अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ अहिले चर्चामा छ। छायांकनमा रहेको फिल्मको ‘क्लाइमेक्स सिन’ सामाजिक सञ्जालमा भाइरल भएको छ।

जसमा अभिनेता अनमोल केसीलाई तरबार समातेको देख्न सकिन्छ। अनमोल र सुनिल थापाबीच संवाद सुनिन्छ। सिनमा अनमोलका आमाबुवालाई सुनिल थापाले मारेको घटना खुलाइएको छ। त्यही बेला अनमोलले ‘जसको तरबार उसको दरबार’ डाइलग भनेका छन्।

यही डाइलगमा धेरै टिकटक प्रयोगकर्ताले भिडियो बनाइरहेका छन्। भिडियो टिकटक ट्रेन्ड नेपाल नामक युट्युब च्यानलमा अपलोड भएको छ।

छायांकनमै रहेको ‘छड्के २’का डिजिटल र ओभरसिज अधिकार महँगोमा बिक्री भएकाले पनि फिल्मको चर्चा भइरहेको छ। फिल्मको जापान राइट्स बिक्री भएको छ। ‘नमस्ते टोक्यो’ नामक संस्थाबाट महँगोमा फिल्मको जापान राइट्स खरिद गरेको निर्माण पक्षले जनाएको छ।

जापानमा अनमोलका राम्रै प्रशंसक रहेकाले फिल्मको अधिकार त्यहाँ महँगो मूल्यमा बिक्री भएको छ। फिल्म टोक्योमा आगामी मार्च ५ मा प्रदर्शनमा आउनेछ। त्यसपछि क्रमशः फुकुओका, चिबा, नागोया, सेन्दाइलगायत शहरमा रिलिज हुनेछ।

नेपालमा भने फिल्म फागुन १९ (मार्च ३) मा हलमा लाग्नेछ। निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा अनमोल र सुनिलबाहेक रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायत कलाकारको अभिनय रहेको छ।

प्रकाशित: १८ मंसिर २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =