‘हाम्रो राजमार्गमा ढंगका शाैचालय छैनन्, राज्यलाई भार कम पर्ने गरी हामी बनाउँदै छौँ’

हिमाल प्रेस १८ मंसिर २०७९ ९:२५
46
SHARES
‘हाम्रो राजमार्गमा ढंगका शाैचालय छैनन्, राज्यलाई भार कम पर्ने गरी हामी बनाउँदै छौँ’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजमार्गका छेउमा रहेका शौचालय गतिलो नभएको भन्दै टिप्पणी गरेका छन्।
शौचाल छिर्दा नै बान्ता आउने गरी फोहोर भएको भन्दै त्यसलाई सुधारको काम गरिरहेको बताएका हुन्। उनले यात्रामा रहेका महिलाहरूलाई त्यस्ता शौचालयका कारण असाध्यै गाह्रो भएको पनि उल्लेख गरेका छन्।

‘हाम्रो राजमार्गमा ढंगका शौचालय छैनन्। दिशा पिसाब गर्न छिर्दा वान्ता समेत आउँछ। विशेष गरी महिला दिदिबहिनीहरूलाई अत्यन्त गार्‍हो हुने गरेको छ,’ उनले भने, ‘यसलाई मध्यनजर गर्दै हाललाई १२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्य लाई अत्यन्तै कम भार पर्ने गरी द्रूत गतीमा काम अगाडि बढेको छ। महिलाहरुले वर्षौ भोगेको असहजताको अन्त्य गर्न हामी प्रतिवद्ध छौँ। प्रचार होइन अपडेट गरेको।’

प्रकाशित: १८ मंसिर २०७९ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =