राजनीतिमा उमेरको कुनै अर्थ छैन : चन्द्र भण्डारी

हिमाल प्रेस १७ मंसिर २०७९ १२:५२
88
SHARES
राजनीतिमा उमेरको कुनै अर्थ छैन : चन्द्र भण्डारी

बुटवल- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताएका छन्। उमेरको युवाले मात्र देश नसुध्रने भन्दै उनले सोंच, व्यवहार र जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हुने बताए। नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता भण्डारीले यस्तो बताएका हुन्।

अमेरिकी राष्ट्रपति जो वाइडेन उमेरले वृद्ध भएपनि देश विकसित भएको, तर युक्रेनका राष्ट्रपनि भोलोदिमिर जेलेन्स्की उमेरले युवा भएपनि देश तहसनहस भएको उदाहरण दिँदै उनले राजनीति र देश विकासमा उमेरले कुनै प्रभाव नपार्ने बताएका हुन्। उनले देशले पुरानो अनुहारको निरन्तरता होइन, नयाँ अनुहार खोजेको बताए। ‘देशले उमेरमा मात्र युवा खोजेको होइन, नयाँ अनुहार खोजेको हो, ३० वर्षसम्म एउटै अनुहारले मुलुकलाई विकासको गति दिन सकेन’,भण्डारीले भने।

पञ्चायतले ३० वर्ष शासन गरेको र बहुदल आएपछिका ३० वर्ष अहिलेकै अनुहारबाट शासन सञ्चालन भैरहेको भन्दै भण्डारीले भने,‘अब उही पुरानै अनुहारले दृष्टिकोण भएर मुलुक चल्दैन।’ सरकारको नेतृत्वबारे सोधिएको प्रश्नमा कांग्रेस नेता भण्डारीले नयाँ नेतृत्वको विकल्पका बारेमा पार्टीका नेताहरूसँग छलफल गरेपछि मात्र टुंगोमा पुगिने बताए।

प्रकाशित: १७ मंसिर २०७९ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =