चुनावी समीक्षा गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस १७ मंसिर २०७९ ११:०२
4
SHARES
चुनावी समीक्षा गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजलाई बोलाइएको छ। चुनावको समीक्षा गर्न दिँउसो ३ बजे बैठक बस्ने महासचिव देव गुरुङले जानकारी दिए।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। अबको राजनीतिक अवस्था, सरकारमा सहभागिता र चुनावी गतिविधिका विषयमा छलफल हुने जनाइएको छ।

केही पदाधिकारीले चुनाव अघिबाटै पदाधिकारी बैठक माग गरेका थिए। आजको बैठकमा चुनावको समीक्षा हुँदै थप जिम्मेवारीका विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: १७ मंसिर २०७९ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =