संयम र आश्माले कसे लगनगाँठो

हिमाल प्रेस १६ मंसिर २०७९ १६:०८
10
SHARES
संयम र आश्माले कसे लगनगाँठो

काठमाडौँ- अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसीले बिहे गरेका छन्। फिल्म ‘आभास’मा सँगै काम गरेका उनीहरू लामो वर्षयता प्रेम सम्बन्धमा थिए।

आज (शुक्रबार) बौद्धस्थित पाँचतारे होटल हयातमा यो जोडीले लगनगाँठो कसेको हो। संयम र आश्माका आफन्त तथा केही फिल्मकर्मीको उपस्थितिमा विवाह भएको हो।

स्वस्तिमा खड्का, निश्चल बस्नेतलगायत सेलिब्रिटी बिहेमा सहभागी थिए।

संयमले फिल्म ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका थिए। त्यसपछि उनी ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’ लगायत फिल्ममा देखिए। आश्माले फिल्म ‘रामप्यारी’मा काम गरेकी छन्।

प्रकाशित: १६ मंसिर २०७९ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =