विदेशी शिक्षण संस्थामा पढेका विद्यार्थीलाई समकक्षता प्रमाणपत्र दिइँदै

हिमाल प्रेस १६ मंसिर २०७९ १५:५८
16
SHARES
विदेशी शिक्षण संस्थामा पढेका विद्यार्थीलाई समकक्षता प्रमाणपत्र दिइँदै

काठमाडौँ– पाठ्यक्रम विकास केन्द्रले पुस १ गतेदेखि समकक्षता प्रमाणपत्र प्रदान गर्ने जनाएको छ। केन्द्रले विदेशी शिक्षण संस्था तथा विभिन्न बोर्डहरूबाट माध्यमिक तह (कक्षा १० र १२) उत्तीर्ण गरेका परीक्षार्थीहरूका लागि समकक्षता प्रमाणपत्र प्रदान गर्ने जनाएको हो।

विदेशी शिक्षण संस्थामा अध्ययन गरेका विद्यार्थीले समकक्षता प्रमाणपत्र लिन विद्यार्थीले केन्द्रको वेबसाइटमा आफ्नो विवरण र कागजात अपलोड गर्नुपर्ने हुन्छ। कागपत्र प्रमाणीकरण भएका परीक्षार्थीले मात्र समकक्षता प्रमाणपत्र पाउने केन्द्रले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७९ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =