सिभिल बैंकको डिजिटल सुदूरपश्चिम अभियान सुरु

हिमाल प्रेस १६ मंसिर २०७९ १२:५१
8
SHARES
सिभिल बैंकको डिजिटल सुदूरपश्चिम अभियान सुरु

 काठमाडौँ- सिभिल बैंकले १२औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेको डिजिटल सुदूरपश्चिम अभियानको सुभारम्भ गरेको छ।

बैंकले धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी अभियान सुरु गरेको हो।  धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम अभियान नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले उद्घाटन गरेकी हुन्।

अब धनगढी, महेन्द्रनगरलगायत सुदूरपश्चिमका ठूलादेखि साना व्यवसायमा सिभिल बैंकको क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ।

बैंकले पानीपूरी, जुत्ता मर्मतजस्ता व्यवसायदेखि सार्वजनिक बस, टेम्पोलगायतमा पनि क्युआरको व्यवस्था गरेको छ।

प्रकाशित: १६ मंसिर २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =