सेञ्चुरी बैंकले ५ प्रतिशत लाभांश दिने

हिमाल प्रेस १५ मंसिर २०७९ १२:२५
4
SHARES
सेञ्चुरी बैंकले ५ प्रतिशत लाभांश दिने

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेयरधनीहरूलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

मंसिर १४ गते बसेकोे बैंक सञ्चालक समितिको ३७२औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो।

बैंकको २०७९ असार मसान्तमा ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी कायम छ। यसको ४.७५ प्रतिशतले हुन आउने रकम ४५ करोड ३८ लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने बैंकले जनाएको छ।

यसमा कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशत २ करोड ३८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने बैठकले निर्णय गरेको छ।

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ।

साउन १५ मा सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने समझदारी भइसकेको छ। प्राप्तपश्चात पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको बैंकले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७९ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =