जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

हिमाल प्रेस १६ पुष २०७९ १४:०६
4
SHARES
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ- जनता समाजवादी पार्टी  (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ ।

साथै मधेश प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ । संघीय सरकारलाई समर्थन गरेपनि पार्टी सरकारमा सहभागी भएको छैन । तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

प्रकाशित: १६ पुष २०७९ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =